काठमाडौं, वैशाख २९ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तीगौडामा रहेकोबिग मार्ट डिपार्टमेन्टल स्टोरलाई कारबाही गरेको छ। खाद्यान्न सामग्रीमा अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढी रकममा सामान बेचेको भेटिएपछि विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
विभागले सोमबार बिहान गरेको अनुगमनका क्रममा बिग मार्टले मासको दालमा अत्याधिक चर्को मूल्य असुल्ने गरेको भेटिएको थियो। मासको दाल प्रतिकिलो २ सय ७१ रुपैयाँसम्म मूल्य राखी बिक्री वितरण गरेको र अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको विभागले जनाएको छ।
हात्तीगौडाको बिग मार्टले बढी मूल्यमा खाद्यान्न सामग्री बेचिरहेको भन्दै उपभोक्ताबाट गुनासो आएपछि विभागले सोमबार अनुगमन गरेको थियो।
कालोपाटी
६ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्