Skip to content

इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकारको अपहरण

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् ।

इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका छ । अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेको बताइएको छ ।

इराकी गृह मन्त्रालयले अपहरणकारीलाई पछ्याउने क्रममा एकजनालाई पक्राउ गरिएको छ ।

अपहरणकारीहरु इरान समर्थित कताइब हिज्बुल्लाह मिलिसियासँग आबद्ध छन् । पछिल्लो समय इरानको पक्षमा इराकका इस्लामिक मिलिसियाले पनि अमेरिकी ठेगानाहरुमाथि हमला गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार