काठमाडौं । नेतृत्व परिवर्तनको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवाहरूले आज पनि प्रदर्शन जारी राखेका छन्। पछिल्ला केही दिनयता निरन्तर भइरहेको प्रदर्शनका क्रममा युवाहरूले पार्टीभित्र सुधार र नयाँ नेतृत्वको आवश्यकता औँल्याएका छन्।
प्रदर्शनका बीच आज युवाहरूले पार्टीका सचिवालय सदस्यहरूलाई फूल दिएर शुभकामना व्यक्त गरेका छन्। उनीहरूले फूलमार्फत शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि र परिवर्तनको सन्देश दिन खोजेको बताएका छन्।
युवाहरूले पार्टीभित्र पारदर्शिता, जिम्मेवार नेतृत्व र नयाँ सोच आवश्यक रहेको भन्दै नेतृत्व परिवर्तनको माग दोहोर्याएका छन्। उनीहरूले आफूहरूको मागलाई गम्भीर रूपमा लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
यता, पार्टी नेतृत्वले भने आन्दोलनबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर आन्तरिक छलफलमार्फत समस्याको समाधान खोजिने संकेत गरिएको स्रोतले जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्