Skip to content

एक हप्ताको अवधिमा काठमाण्डौबाट पक्राउ पर्नेको संख्या १८९ पुग्यो

कालोपाटी

७ घण्टा अगाडि

काठमाण्डौ । एक हप्ताको अवधिमा काठमाण्डौबाट पक्राउ पर्नेको संख्या १८९ जना पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले विशेष अभियान सञ्चालन गरी हिजो र अस्ति १५० जनालाई पक्राउ गरेको छ ।

बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिनेलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहमा हैरानी दिने, सार्वजनिकस्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएको उहाँको भनाइ छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ । उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने प्रवक्ता भट्टराईले बताउनुभयो ।

यस्तै बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुर्व्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र गरिसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार