काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उहाँले सम्झौताको समय सकिन लागेको र त्यसपछि थप आक्रमणको चेतावनी दिनुभएको छ । यसअघि राष्ट्रपति ट्रम्पले इरानी ऊर्जा संयन्त्रहरूमा १० दिनका लागि आक्रमण रोक्ने घोषणा गर्नुभएको थियो । तर यो बीचमा पनि आक्रमणका घटना रोकिएका छैनन् ।
अमेरिका–इरानबीचको तनाव झन् चर्किँदै गएको छ र अबको ४८ घण्टा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि निर्णायक हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिका–इजरायल र इरानबीच गएको फेब्रुअरी २८ तारिखयता निरन्तर युद्ध भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्