Skip to content

पोखरामा तमु (गुरुङ) समुदायले एकताको सन्देशसहित मनाए ट्होटें उभौली पर्व (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । तमु (गुरुङ) समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व पोखराका गुरुङ समुदायले आज विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् ।तमु धिं नेपालको आयोजनामा आज मंगलबार बृहत् र्‍यालीसहित पोखरामा ट्होटें पर्व मनाएका हुन् । हरेक वर्षको साउन र चैतको अन्तिममा यो मनाउने पर्व यो मनाउने गरिन्छ ।

गण्डकीलगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातिको महान चाडको रुपमा वर्षको साउन र चैत महिनाको दुई वटा मङ्गलबारमा ट्होटें मनाइने गरिन्छ । पहिले गाउँ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले गुरुङको पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरिन्छ । तमु (गुरुङ) भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार