Skip to content

काठमाडौं उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्।संघीय संसद सचिवालयमा पुगेर लामाले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। उपसभामुख चयन प्रक्रिया अघि बढेसँगै राजनीतिक दलहरूबीच समर्थन जुटाउने कसरत पनि तीव्र बनेको छ।

राप्रपाले लामाको उम्मेदवारीमार्फत उपसभामुख पदमा आफ्नो दाबी प्रस्तुत गरेको जनाएको छ। संसदमा संख्या बलका आधारमा सत्ता र विपक्षी दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ।उपसभामुख चयनका लागि तोकिएको मितिमा मतदान हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार