Skip to content

औषधिको मूल्यवृद्धि छानबिन गर्न स्वास्थ्य सचिवलाई निर्देशन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । औषधिको मूल्य बढाएको भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाही स्वरूप स्वास्थ्य मन्त्रालय तानिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतास्तरीय निर्णयबाट ढकाललाई बिहीबार राति मन्त्रालय तानिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले साथै, औषधिको मूल्य वृद्धिको विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि ढकाललाई मन्त्रालय तानिएको हो । प्रधानमन्त्री कार्यालयले त्यस सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न स्वास्थ्य सचिव विकाश देवकोटालाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

‘औषधिको मूल्य वृद्धिबारे के भएको हो रु औषधि मूल्य निर्धारण प्रक्रिया के के हुन् रु अनियमिततामा को को संलग्न छन् खुलाएर प्रतिवेदन पेस गर्नु’, प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा भनिएको छ ।

अनधिकृत रूपमा औषधिको मूल्य बढाएको भन्दै केही दिन पहिला प्रतिनिधिसभा बैठकमा समेत सांसदले विषय उठान गरेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनधिकृत मूल्यवृद्धि सम्बन्धी प्रश्न उठाउँदै अरबौँको घोटाला भएको हुनसक्ने बताएका थिए ।

सांसद खत्रीले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापनमा गम्भीर अनियमितता भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार