काठमाडौँ । आजदेखि सर्वसाधारणको लागि खुलामञ्च खुला गरिएको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले गेट खोलेर खुलामञ्च शुभारम्भ गरेकी हुन् । खुलामञ्चमा आज ध्यान योग पनि गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाले एक दशकभन्दा बढी समयदेखि बन्द रहेको ऐतिहासिक खुलामञ्चलाई सर्वसाधारणका लागि खुला गरेको हो । महानगरले पुनर्निर्माण र सौन्दर्यीकरण गरी विश्व ध्यान दिवसको अवसरमा सर्वसाधारण, युवा र विद्यार्थीका लागि खुला गरेको हो । अब यहाँ नागरिकले स्वतन्त्र रूपमा आवतजावत र व्यायाम गर्न सक्नेछन् ।
यसअघि महानगरले ९० लाख रुपैयाँ लागतमा दुबो रोप्ने, वरिपरि पैदल मार्ग निर्माण र स्मार्ट बत्ती जडान गरेको थियो । खुलामञ्चको व्यवस्थापन काठमाडौं महानगरको वडा नम्बर २७ र २८ लाई दिइएको छ । यसलाई हरियाली चौरका रूपमा विकास गरी सर्वसाधारणलाई टहल्ने, आराम गर्ने र खेल्ने स्थानको रूपमा विकास गरिएको हो ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्