काठमाडौँ । मलेसियाको सबाह राज्यको सान्दाकान जिल्लामा हिजो भएको आगलागीमा झण्डै १ हजार घर पूर्ण रूपमा नष्ट भएका छन् भने ९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । आगलागी स्थानीय समयअनुसार आईतबार राति झण्डै साढे १ बजे शुरु भएको थियो ।
तीव्र हावा र घरहरू एकआपसमा निकै नजिक भएकाले आगो छिटो फैलिएको रोयटर्सले जनाएको छ । आगलागी सबाहका ‘वाटर भिलेज’ अर्थात पानीमाथि खम्बामा बनाइएका काठका घरहरू भएको बस्तीबाट सल्किएको हो ।
त्यहाँ मुख्यतः गरिब, आदिवासी तथा राज्यविहीन समुदायका मानिसहरू बसोबास गर्दै आएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन, तर हजारौं मानिस विस्थापित भएका छन् ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पीडितहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिइएको भन्दै संघीय सरकार र सबाह राज्य सरकार मिलेर राहत तथा अस्थायी बसोबासको व्यवस्था गरिरहेको बताउनु भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्