काठमाडौं । काठमाडौं । संयुक्त विद्यार्थी संगठन नेपाल ल क्याम्पसले विद्यार्थी संगठन खारेज गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेको छ।
भृकुटीमण्डपस्थित नेपाल ल क्याम्पस परिसरमा बुधबार आयोजित प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘कालो चस्मा कालो मन, नयाँ सरकारको उपलब्धि धन नै धन’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
विद्यार्थी नेताहरूले सरकार विद्यार्थी संगठनहरूलाई कमजोर बनाउने उद्देश्यसहित खारेज गर्न लागेको आरोप लगाए। उनीहरूले विद्यार्थी अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि आघात पुग्ने भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले विद्यार्थी संगठनहरू शैक्षिक र सामाजिक आन्दोलनका महत्वपूर्ण अंग भएको उल्लेख गर्दै यस्ता संस्थामाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन्।
उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्