काठमाण्डौ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।
फिफाका चिफ मेम्बर एसोसिएशन अफिसर एलखान ममादोभ र एएफसीका डेपुटी जनरल सेक्रेटरी भाहिद कर्दानीले राखेपलाई संयुक्त रूपमा पत्र लेख्दै यही वैशाख २१ गतेभित्र एन्फामाथिको निलम्बन फिर्ता लिन आग्रह गरेका हुन् । राखेपको निर्णयले एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने फिफा र एएफसीको भनाइ छ ।
यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो ।
यसैबीच एन्फा र राखेपबीच नेपाली फुटबलमा देखिएको पछिल्लो सङ्कट समाधानका लागि औपचारिक वार्ता शुरू भएको छ । आज एन्फाका महासचिव किरण राईले राखेपका पदाधिकारीलाई भेटेर फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गर्नुभएको हो । राखेप, फिफा, एएफसी र एन्फाबीच यसअघि भएको भर्चुअल छलफलपछि फिफाले यो नयाँ पत्र पठाएको हो ।
विवादकै बीचमा एन्फाले आउँदो सोमवार वैशाख १४ गतेदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्