काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने भएपछि अहिले जताततै त्यसकै चर्चा छ। शनिबार बिहानदेखि नै अतिक्रमित घरटहरा भत्काउने सरकारी तयारी छ। सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ।
आज शुक्रबार पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ। बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खु लगायत क्षेत्रमा सुकुमबासी बस्ती छ। प्रस्तुत तस्बिर थापाथली, टेकु र बल्खु क्षेत्रका सुकुम्बासी बस्तीका हुन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्