काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविरामको अवधि थप तीन हप्ताका लागि बढाइएको घोषणा गरेका गर्नुभएको छ ।
ह्वाइट हाउसमा भएको वार्तापछि ट्रम्पले यस्तो निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । उपराष्ट्रपति जेडी भान्सले यस ३ हप्ते विस्तारलाई एक महत्त्वपूर्ण र ऐतिहासिक क्षण भन्नुभएको छ । यो महिनाको शुरुमा ह्वाइट हाउसमा भएको पहिलो चरणको वार्ता सन् १९९३ पछि इजरायल र लेबनानबीच भएको पहिलो प्रत्यक्ष वार्ता हो ।
ट्रम्पका अनुसार, लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अर्को हप्ता दीर्घकालीन शान्ति सम्झौताका लागि ह्वाइट हाउसमा जानेछन् । यद्यपि, दीर्घकालीन शान्ति सम्झौता अझै चुनौतीपूर्ण रहेको विश्लेषकहरुले बताएका छन् ।
इरान समर्थित हिजबुल्लाहलाई निशस्त्रीकरण गर्न र लेबनानमा स्थिरता कायम गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्