काठमाण्डौ । मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानले अमेरिकी नौसेनाका तीन वटा जहाजमाथि आक्रमण गरेको जनाएको छ । इरानले मिसाइल, ड्रोन र साना डुङ्गाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्ना जहाज र सैनिकको सुरक्षाका लागि आत्म रक्षात्मक जवाफी कारबाहीु गरेको अमेरिकी सेनाको भनाइ छ ।
अमेरिकी सेनाले तनाव बढाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको जनाएको बीबीसीले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेकोु दाबी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ ।
विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ्दो तनावले विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्