काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएको छ। टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो।
दमकलको प्रयोग गरेर आगो अहिले नियन्त्रणमा लिइएको छ। जहाज हाल ट्याक्सी वेमै रहेको छ भने उक्त जहाजलाई तानेर पार्किङ वेमा लैजाने तयारी भइरहेको छ । घटनापछि करिब डेढ घण्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा प्रभावित भएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्