काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन् ।
नेता आङ्देम्बेले संसद्मा बोल्दै भने, आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वभाविक होइन। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ।
उनले प्रधानमन्त्रीको यो व्यवहारलाई अमर्यादित र अहंकारपूर्णु भन्दै यसले सदनको गरिमा र इज्जतमा दाग लागेको टिप्पणी गरे। कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो गैर-जिम्मेवार व्यवहार नदेखाउने भन्दै आङ्देम्बेले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्