Skip to content

रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निष्कल राईले रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा बाहिर निस्किएका प्रधानमन्त्री मंगलबार र बुधबार किन सदनमा देखा परेनन् रु भनेर प्रश्न गरे ।

उनले आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीको दिन पनि प्रधानमन्त्रीलाई सदनमा नदेखिनु लज्जास्पद भएको बताए ।

‘सभामुखज्यू  यो सभाको इज्जत राख्ने काम तपाईंको हो । तपाईंले पनि इज्जत र गरिमा राख्न सक्नु भएन भने कसैले सक्दैन’, सांसद राईले भने, ‘तपाईँ यो सभाको नायक हो। त्यसैले प्रधानमन्त्रीलाई रुलिङ गरेर बोलाउनुहोस् र सभाको गरिमा बढाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार