Skip to content

‘चिया निर्यातको अवरोध समाधान गरियोस्’: सुहाङ नेम्वाङ

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’

यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको भन्दै उनले थपेका छन्, ‘भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान गरियोस् ।’

नेपालमा चिया उत्पादनको १६३ वर्ष लामो इतिहास रहेको र हाल यसमा १५ हजार बढी किसान र ६० हजार बढी श्रमिक जोडिएको पनि उनले स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार