काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै देशलाई प्रगतितर्फ लैजाने उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा राखे ।
उनले भने, ‘संविधान संशोधन केबल संशोधनको लागी मात्र होइन । जनताले प्राप्त गरेको अधिकारको कसिमा राखेर अग्र गमनको लागी होइन । अग्रगमनको लागी हुनु पर्छ । न कि पश्चगमनको लागी ।’
उनले संविधानलाई केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज भएको उल्लेख गरे।
‘संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन । रगत र पसिनाले लेखेको साझा सहमतिको दस्ताबेज पनि हो । योत राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भाव धारालाई जोड्ने कडी पनि हो,’ उनले भने ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्