काठमाण्डौ । पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ । पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो सङ्ख्यामा फर्किएका नागरिकको चापसमेत सामना गरिरहेको छ । यसले खाद्य असुरक्षा र स्वास्थ्य सङ्कटलाई थप तीव्र बनाएको छ ।
यसैबीच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब आठ महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ । यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ ।
खाद्यान्न तथा इन्धन मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ भइरहेको डब्लुएफपीले जनाएको छ । डब्लुएफपीले आर्थिक सहयोग जुटाउन पनि कठिनाइ भइरहेको बताएको छ । संस्थाले अफगानिस्तानका लागि आवश्यक वार्षिक कोषको केवल आठ प्रतिशत मात्र हालसम्म सङ्कलन गर्न सकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्