Skip to content

प्रतिनिधिसभामा प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध

कालोपाटी

२७ मिनेट अगाडि

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ ।

हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका छन् । बैठकको सुरुमै उनले प्लेकार्ड देखाए ।

सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको छ ।

यसअघि हिजो बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध गरेको थियो । विशेषगरी प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीले विरोध गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार