काठमाडौँ । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा रहेको क्वेटा रेल्वे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा २४ जनाको ज्यान गएको छ ।
सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा ५० जनाभन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ । उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ ।
रेलमा सवार सैनिकहरू आउँदो मङ्गलवारदेखि शुरू हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए । विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।
बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचकाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ । यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन् जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्