काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पसलहरुमा अनिवार्य रुपमा नेपाल वस्तुहरुको विक्री वितरणका हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
विमानस्थलबाट दैनिक हजारौँ यात्रुहरु नेपालबाट बाहिर जाने भएकाले उनीहरुलाई नेपाली स्वाद, नेपाली पहिचान विश्वभर दिलाउनका लागि पनि सरकारले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई त्यहाँ प्राथमिकताका साथ विक्रीका लागि राख्न आवश्यक हुने उहाँको तर्क थियो ।
मंगलवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद श्रेष्ठलेल सरकारले घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरुको प्रवद्र्धनका लागि उक्त विमानस्थललाई उपयोग गर्नुपर्नेमा पनि जोड दिनु भयो ।
सांसद श्रेष्ठले भन्नुभयो,‘हाम्रो त्रिभूवन विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपालको उपस्थिति अझै कमजोर देखिन्छ । दैनिक हजारौ यात्रु नेपालबाट प्रस्थान गरिरहँदा स्थानीय उत्पादनमा स्वाद बोकेर पठाउन सक्नु नेपालको पहिचान विश्वसामू पु¥याउने एक अवसर हो ।
म सरकार र टिआइए व्यवस्थालाई आग्रह गर्न चाहन्छु विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रुपमा नेपाली उत्पादनका डेडिकेटेड सेक्शन व्यवस्था गरियोस । विशेष गरी साना र स्वदेशी उद्यमीहरुलाई प्राथमिकता दिइयोस । मेडइन नेपाललाई विश्वभर फैल्याउनका लागि यो कदम प्रभावकारी हुन सक्छ ।’
सांसद श्रेष्ठले नेपालको पहिचान विश्वमाझ चिनाउन पनि नेपाली वस्तुहरुको विश्व बजारमा पहुँच पु¥याउन आवश्यक रहेको बताउनु भयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्