Skip to content

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमाले संसदीय दलको टोलीले ओलीसँग छलफल गर्दै

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । प्रधानन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर नेकपा एमालेको संसदीय दलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।

संसदीय दलका नेता रामबहादुर थापा बादलसहितका सांसदहरु ओली निवास गुण्डुतर्फ प्रस्तान गरिसकेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरका अनुसार ओलीले उनीहरुलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे अध्यक्षसँग छलफल हुने उनले जानकारी दिए ।

महरले भने, ‘हामी आज संसदमा सशक्तरुपमा पेश हुने तयारी गरिरहेका छौँ । यही सन्दर्भमा अध्यक्षज्यूले पनि छलफलका लागि बोलाउनुभएको हो ।’

संसदीय दलका नेता बादल उपनेता पद्मा अर्याल, प्रमुख सचेतक महर र सचेतक निशा घतानी गुण्डु हिँडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार