Skip to content

छायाँ सेन्टर जग्गालाई २०७७मै गुठीको ‘क्लिन चिट’

कालोपाटी

५६ मिनेट अगाडि

काठमाडौँ । छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर) को जग्गा विवादबारे नयाँ खुलासा भएको छ। २०७७ सालमै सिंहसार्थ वाहु गरुड भगवान गुठीले उक्त जग्गामा कुनै विवाद नरहेको भन्दै ‘क्लिन चिट’ दिएको तथ्य बाहिर आएको छ।

गुठीले २०७७ असोज २७ गते पत्राचार गर्दै छायाँ सेन्टर निर्माण भएको जग्गामा विवाद नरहेको स्पष्ट पारेको थियो। यसअघि २०६२ सालमा अदालतमा भएको मिलापत्रपछि पनि जग्गामा कुनै कानुनी विवाद नरहेको भनिएको थियो।

इतिहासमा २०४७ सालमा रैतानीसम्बन्धी निर्णय, त्यसपछि भएका अदालतका फैसला र मिलापत्रपछि जग्गा विवाद टुंगिएको दाबी गरिएको छ। तर हाल फेरि उठेको विवादपछि पुराना निर्णय र कागजात पुनः चर्चामा आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार