काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देख्नुपरेको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा सत्तापक्षका सांसदहरू नबोलेकोतर्फ सङ्केत गर्दै बुधबारको प्रतिनिधि सभा बैठकमा उनले गोपाल योञ्जनको गीत स्मरण गर्दै यस्तो बताएका हुन्।
साथै उनले प्रधानमन्त्रीलाई संसद्ले जवाफका लागि खोजे पनि उनी नआएको भन्दै अब प्रधानमन्त्रीलाई नखोज्ने समेत बताए।
‘कांग्रेस लास र दासको पार्टी होइन । तर आजको मितिमा यो संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको कारुणिक दृश्य मैले देखिरहेको छु’, उनले भने, ‘सत्ताको कित्ताबाट कोही एक जनाले हिम्मत गर्लान् कि भनेको तर उल्टै नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिरहनुभएको छ ।’
आङ्देम्बेले नेपालले भारतको सीमा मिचेको भनेर भनिएको अभिव्यक्तिलाई बहुमत सांसदले स्वीकारेको दृश्य लज्जास्पद रहेको बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्