Skip to content

प्रतिनिधिसभाको बैठक बस्दै

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार