Skip to content

सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । रास्वपा सांसद जगदीश खरेल(ललितपुर) ले ग्वार्खु लुभु, लामाटारदेखि पनौतीसम्मका ४५ किलोमिटर सडकको मापदण्ड परिवर्तन गर्दा त्यस क्षेत्रका बासिन्दाले आफ्नो सम्पत्तिको उपभोग गर्न नपाएको भन्दै मापदण्ड परिवर्तन गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले संविधानको धारा २५ ले सम्पत्तिको हकको व्यवस्था गरेको र त्यो मौलिक हकसमेत भएपनि खासगरी ललितपुर २ का बासिन्दाले उपभोग नै गर्न नपाएको बताए ।

‘राष्ट्रिय राजमार्गमा अपनाइएको मापदण्डका कारण जनता पीडित बनेका छन्’, उनले भने, ‘सयौँ वर्षदेखि बस्दै आएका बासिन्दा ६२ मिटरको मापदण्डले मर्कामा परेका छन् ।’

उनले यस्तो मापदण्डका कारण त्यस क्षेत्रको बस्ती नै सखाप हुने अवस्थामा पुगेको भन्दै ४५ किलोमिटर सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डमा राख्न जरुरी नभएको बताए । साथै उनले उक्त मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार