काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही सरकारका राम्रा काममा समर्थन रहनेपनि जनविरोधी कामको सधैँ विरोध गर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीप्रति सुशासन र भ्रष्टाचारविरुद्ध कदम चाल्ने अपेक्षा अझै कायम रहेको बताए।
उनले भने, ‘देशको प्रधानमन्त्री सुशासनको पक्षमा कडा कदम चाल्नुहुन्छ भन्ने भरोसा र आशा अझै जीवित छ। हामी सरकारको सुशासनको पक्षमा खुलेर साथ दिइरहेका छौँ, दिन्छौँ पनि। हामी विरोधका लागि विरोध गर्दैनौँ, तर बेथितिका विरुद्ध संसद्मा आवाज उठाउँछौँ र उठाइरहेका पनि छौँ।’
उनले विद्युतीय सवारीसाधनमा कर छली तथा बजेट सूचना चुहावट प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। भन्सार दर हेरफेर र राजस्व नोक्सानीसम्बन्धी प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठनको माग गरे।
उनले भने, ‘हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौँ। हामीले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहावट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्यायो कि पुर्याएन भन्ने विषयमा प्रश्न उठाएका हौँ। यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा दुई हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्योरु’
उनले पुराना र रास्वपाबीच कुनै भिन्नता नभएको टिप्पणी गरे।
उनले भने, ‘हिजो उनीहरूको सरकार हुँदा अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिन्थे, आज तपाईँहरूको सरकार छ अदालतको मुद्दा आफैँ फिर्ता लिँदै हुनुहुन्छ, हिजो उनीहरूको विरुद्धमा बोल्दा झूटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो। आज तपाईँहरूको विरुद्ध बोल्दा राज्य संयन्त्रलाई देखाएर दबाब सिर्जना गरिन्छ। मन्त्रीहरू संसद्को रोष्ट्रमबाट धम्की दिन्छन्।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्