काठमाण्डौ । भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीले पाउनुभएको छ । यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गर्नुभएको हो । राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख छ । उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ ।
धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन गर्दै आएको थियो । हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपिल गरेको छ ।
प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी ९सिजेपी० का संस्थापक अभिजित दिप्केले आफूहरूको जित भएको प्रतिक्रिया दिनुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्