काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राज्यले प्रहरीलाई बन्दुकको गोलीमा भन्दा पनि लाठि र अश्रुग्याँसमा लगानी किन नगरेको ? भन्दै प्रश्न गरेका हुन् ।
‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै किन चल्छ रु लाठि किन चल्दैन रु टियरग्यास किन चल्दैन ?,’ उनले भनेका छन्, ‘प्रहरीलाई कसैले ढुंगा हान्यो भने उसले गोली हान्छ । किनभने उसलाई टियर ग्यास र लाठ्ठी दिइएको छैन ।’
साथै, उनले मधेशलाई पछि पार्ने, गरिब बनाउने र गोली चलाइहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
‘सरकारसँग आग्रह गर्न चाहन्छु, टियरग्यास र लाठिको व्यवस्था गरोस् । मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । किनभने मधेशले धेरै सहन सक्दैन,’ सांसद सिहले भने ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्