काठमाडौँ । इरान र अमेरिकाबीच जारी तनाव तथा होर्मुज जलघाँटी पुनः खोलिने विषयमा अनिश्चितता कायमै रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेटसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य ६१ सेन्ट अर्थात् ०.७८ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.७९ डलर पुगेको छ।
गत साता भने दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो। इरान र ओमानबीच छिट्टै सम्झौता हुने र त्यसपछि होर्मुज जलघाँटी पुनः खोलिने आशाका कारण तेलको मूल्यमा गिरावट आएको थियो।
युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा होर्मुज जलमार्गमार्फत हुने गरेको थियो। त्यसैले यो जलघाँटी बन्द हुँदा विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।
तेहरानले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। तर इरानले सम्झौता अघि बढाउन अमेरिकाले अझै केही सर्त पूरा गर्नुपर्ने बताएको छ। यसले तेल बजारमा थप अनिश्चितता सिर्जना गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्