Skip to content

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, प्रमुख अतिथि शेरबहादुर देउवा

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रुपमा पूर्व सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् ।

राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले भने ‘भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको छ । भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्छ ।’

राष्ट्रिय भेलाको उद्घाटन समारोह दिउँसो १ बजे सुरु हुने विश्वकर्माले जानकारी दिए । पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी २ दिन बन्द सत्र हुने विश्वकर्माले बताए ।

३० गते बिहा ८ बजेदेखि ९ बजेसम्म खाजा त्यसपछि १२ बजेसम्म बन्द सत्र हुने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्ट्याइने विश्वकर्माले जानकारी दिए ।

भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान रहेको विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार