काठमाडौँ । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु भएको छ । मंगलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खस्दा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको पुष्टि प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले जनाएका छन् ।
खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमामा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् ।
उनीहरुका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्