भोजपुर । नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत् चयन भएका छन् ।
एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो । जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रहेको थियो । दुई जनाबीच सहमति गराउन शुक्रबारबाट सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्