पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ । यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो । रु ३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए ।
बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र स्वास्थ्यचौकी भवन निर्माण गरिएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुु घर्तीले बगनासकालीमा प्रशासनिक सेवामा सुधार आएको सुविधासम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री गराएको जानकारी दिए ।
बगनासकालीका नौ वडामध्ये आधारभूत सेवासुविधाको हकमा पछाडि रहे पनि अहिले शिक्षा, स्वास्थ्य, यातायातका हिसाबले विकासको गति लिन थालेकोे वडाध्यक्ष हुतमानसिं दर्लामीले बताए । मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन तथा झोलुङे पुलसमेत निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल भएको उनले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्