काठमाडौँ । काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असाहय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ । लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो ।
भ्याइस अफ वेमनकी रिपोर्टिङ अफिसर रविश्मा राज्यलक्ष्मी शाहले जाडोका समयमा सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिको सुविधाका लागि सो सहयोग गरिएको बताए । विसं २०७८ जेठमा स्थापित उक्त क्लबले गत असोजदेखि हरेक हप्ताको बिहीबार १०० जनालाई स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्दै आएको छ ।
उक्त क्लबले बिरामी व्यक्तिको घाउमा ड्रेसिङ गर्नाका साथै बिरामीलाई फलफूल, दूधलगायत खाद्यान्न पनि सहयोग गर्दै आएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्