काठमाडौँ । काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते महतोको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार रामेछाप घर भई भक्तपुर बस्ने ३० वर्षीय अम्बरबहादुर पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -RSS
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्