झापा । सवारी दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार तिलक योञ्जनलाई प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं १ ले रु ६५ हजार उपचार खर्च दिने भएको छ । बिर्तामोडमा रहेको सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार योञ्जनको भदौ २ गते कार्यालयबाट घर फर्कने क्रममा अर्जुनधारा–१ खुदुनाबारीमा दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो ।
खुट्टाको हड्डी पूर्ववर्त अवस्थामा ल्याउन शल्यक्रिया गरेर आठ दिन अस्पताल बस्नुभएका योञ्जन हाल तीन महिनादेखि आराम गरिरहनुभएको थियो । सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेशामा लागेर जीविकोपार्जनका लागि सङ्घर्ष गरिरहेकै बखत दुर्घटनामा परेर गम्भीर घाइते भएकाले प्रतिस्ष्ठानले उपचारमा सहयोग पु¥याउने उद्देश्यले सो रकम उपलब्ध गराउने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताउनुभयो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्