काठमाडौँ । नेपालमा मंगलबार १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ८ सय ७२ पिसिआर परिक्षणका क्रममा ८ हजार ७ सय ३९ जना र ४ हजार ९ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७२ हजार १ सय ९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ५ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १७ हजार ५ सय ४७ जना निको भएका छन् । हाल नेपालमा ३९ हजार ४४ सक्रिय संक्रमित आइशोलेशन र एक सय जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्