काठमाडौँ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै गएको छ ।
प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले हरेक दिन बिहान सर्वोच्च परिसरमा धर्ना दिदै आएको छ । यसअघिको तुलनामा धर्नामा सहभागी हुनेहरुको संख्या पनि घट्दै गएको छ । न्यायधिशहरु पनि नियमित इजलाशमा जान थालेका छन् भने यसअघि आन्दोलनमा सहभागी वकिलहरु पनि बहसमा सहभागी हुन थालेका छन् । नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर सर्वोच्चको गेटमा धर्ना दिइएको बताए ।
उनले अव बारको आन्दोलनलाई शसक्त बनाउने दावी गरे । प्रधानन्यायाधीशको राजिनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्