माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउने ७० जना पुरुष र ११७ जना महिला रहेका छन् । कार्यक्रममा ९० वर्षीया सुकमाया सेङ्तानले समेत नागरिकता पाउनुभएको छ । उहाँले भन्नुभयो, “कार्यक्रमबाट एकै परिवारका चार÷पाँच जनासम्मले नागरिकता पाएका छन् ।”
कार्यक्रममा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गर्नेको सङ्ख्या १२० रहेको छ । सो स्थनामा नागरिकता वितरण सहजीकरण कार्यक्रम गरिएको यो दोस्रो पटक हो । विसं २०७३ मा पनि यहाँ नागरिकता वितरण गरिएको थियो । यस क्षेत्रका जनतालाई इलाका प्रशासन कार्यालय माडीमा र जिल्ला सदरमुकाम आउन पनि निकै कठिन हुने गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको जग्गा फँडानी गरी उक्त ठाउँमा सुकुम्वासी बस्ती बसेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्