धनगढी, बैशाख २७ ।
कोरोना भाइरसका कारण देशभर गरिएको लकडाउनको आज ४७ दिनमा नेपाल राष्ट्र बैंकले कैलाली जिल्लाभरी बैंकको सेवा चुस्त र दुरुस्त राख्न निर्देशन दिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढी सहित सबै ठाउँमा रहेका बैँकहरुले आ–आफ्नो शाखाबाट सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले निर्देशन दिएको हो ।
आजदेखि बैङकहरु खुल्ला रहने तर बैँकहरुले सिमित बैंकिङ्ग कारोबार मात्र गर्ने बताइएको थियो । बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म खुल्ने बैँकबाट ग्राहकले नगद कारोबार गर्न पाउनेछन् । त्यसका लागि बिहान ११ देखि दिउँसो १ बजे सम्मको समय तोकिएको छ । नगद कारोबार बाहेकका अन्य सेवा भने तत्कालका लागि भने बन्द रहनेछन् । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन सँगै धनगढीका विभिन्न बैंकहरुमा सेवाग्राहिहरुको चाप बढेको छ । यससँगै धनगढीमा गरिएको निरिक्षणमा कुनै बैंकहरुले दिने चुस्त देखिएको छ भने कुनै बैंकहरुको सेवा निकै सुस्त देखिएको छ ।












सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्