काठमाडौं । नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ४ पिसिआर परिक्षणका क्रममा २ सय ९९ जना र २ हजार ८ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ सय ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५३ हजार ४ सय ३० जना निको भएका छन् । हाल नेपालमा १० हजार ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्