मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बाट लागुऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ५० किलो ४०० ग्राम गाँजासहित भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्वर १० थाना बेला घर भई हाल महोत्तरीको औरही नगरपालिका वडा नम्वर ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
बिहीबार साँझ साढे ६ बजे प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्वरको अटोलाई हेटौंडा–१ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डस्थित रोकी जाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी गरे । पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।–रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्