मनाङ । यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् । जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् ।
सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुग्नुभएको छैन । बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उहाँहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले कर्मचारी आउन ढिलाइ भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउन समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । जिल्लाका विभिन्न कार्यालय प्रमुख सरुवा भएका छन् । दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारीविहीन भएको छ ।-रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्