बझाङ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेका बताइएको छ । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको हो ।
उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्