काठमाडौँ । यूएईमा चलिरहेको आईसीसी यु १९ महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्यान्डलाई एक सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनायो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा भने शनिबारयूएईसँग १३ रनले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्