काठमाडौँ । विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरले भारत, मगध सम्राट् अशोक मौर्य तथा नेपालका पूर्वप्रधानमन्त्री जङ्गबहादुर राणा, राजा महेन्द्र र राजनीतिज्ञ बिपी कोइरालाका विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको छ ।
सोअनुसार मन्दिरले रु एक लाख राशिका चार प्रथम पुरस्कार, रु ५१ हजारका दुई द्वितीय पुरस्कार र रु २५ हजारका तीन तृतीय पुरस्कार दिने छ । मन्दिरका अध्यक्ष कञ्चन पुडासैनीले आफ्ना मातापिताका नाममा ती पुरस्कार–सम्मान स्थापना गर्नुभएको हो ।
संस्थाले ती व्यक्तित्वमा आधारित भई आगामी मङ्सिर २५ गतेभित्र १० देखि ५० पेजसम्मका रचना एकभन्दा बढी पनि सकिने पठाउन विद्वान्हरूलाई आग्रह गरेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्